सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ।ललितपुरमा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै छ
समाचार

।ललितपुरमा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै छ

  • सिधा दृष्टी शुक्रबार, असार १०, २०७९ | June 24, 2022

काठमाडौं- ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै छ।

काठमाडौं महानगरपालिकामा भने बालबालिकाहरूलाई बिहीबारदेखि नै कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको थियो।

ललितपुर महानगरपालिकाले जारी गरेको सूचना अनुसार शनिबार बाहेक असार १० गतेदेखि १५ गतेसम्म विद्यालय वा वडास्थित स्वास्थ्य संस्थामा खोप कार्यक्रम सन्चालन हुने छ।

आज असार १० गते वडा नम्बर १, २ र ३ का बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए।

असार १२ गते वडा नम्बर ४, ५,

६ र ७ मा, असार १३ गते वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ मा खोप कार्यक्रम सन्चालन हुने छ।

यस्तै असार १४ गते वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१ मा तथा असार १५ गते वडा नम्बर २२, २३, २४, २५, २६, २७, २८ र २९ वडामा खोप कार्यक्रम सन्चालन हुने छ। खोप कार्यक्रम बिहान ११ बजेदेखि ४ बजेसम्म हुने ललितपुर महानगरपालिकाले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय