बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • स्थानीय तहले आगामी वर्षको बजेट आ-आफ्नो गाउँ र नगर सभामा प्रस्तुत गर्ने
मुख्य खबर

स्थानीय तहले आगामी वर्षको बजेट आ-आफ्नो गाउँ र नगर सभामा प्रस्तुत गर्ने

  • सिधा दृष्टी शुक्रबार, असार १०, २०७९ | June 24, 2022

काठमाडौँ – स्थानीय तहले आगामी वर्षको बजेट आ-आफ्नो गाउँ र नगर सभामा प्रस्तुत गर्ने भएका छन् ।

अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आ-आफ्नो सभामा आगामी वर्षको बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेअनुसार स्थानीय तहले आ–आफ्नो सभामा बजेट पेस गर्ने भएका हुन् ।

कतिपय स्थानीय तहले भने यसअघि नै आ-आफ्नो सभामा बजेट पेस गरिसकेका छन् । सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते सङ्घ र प्रदेशको व्यवस्थापिकामा बजेट पेस

गरिसकेका छन् ।

स्थानीय तहले सङ्घ तथा प्रदेश सरकारले दिएको अनुदान र आफ्नै आन्तरिक स्रोतलाई आधार मानी आ–आफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्ने अन्तिम तयारी गरेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जनाएका छन् ।

स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय