मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौँ उपत्यकाका धेरै स्थानमा भारी वर्षा
समाचार

काठमाडौँ उपत्यकाका धेरै स्थानमा भारी वर्षा

  • सिधा दृष्टी शुक्रबार, असार १०, २०७९ | June 24, 2022

काठमाडौँ — काठमाडौँ उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरुमा जलसतह बढ्दो छ । त्यसैले नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ बजे सूचना जारी गर्दै भनेको छ, ‘पछिल्लो चार घण्टामा काठमाडौँ उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।

हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक

नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔं ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय