सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भक्तपुरको सूर्यविनायकमा टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
समाचार

भक्तपुरको सूर्यविनायकमा टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

  • सिधा दृष्टी बिहिबार, असार ९, २०७९ | June 23, 2022

काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किंदा दुई जना युवाको मृत्यु भएको हो ।

मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । अर्का एकजनाको भने सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइते

भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय