सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • पटक-पटक एक बालिकामाथि बलात्कार भइरहेको बालिकालाई बलात्कारको शिकार बनाउन मुख्य सहयोगी बालिकाकी हजुर आमा
मुख्य खबर

पटक-पटक एक बालिकामाथि बलात्कार भइरहेको बालिकालाई बलात्कारको शिकार बनाउन मुख्य सहयोगी बालिकाकी हजुर आमा

  • सिधा दृष्टी बुधबार, असार ८, २०७९ | June 22, 2022

अर्घाखाँची- अर्घाखाँचीमा गत जेठ १ गते यता एक युवकद्वारा पटक-पटक एक बालिकामाथि बलात्कार भइरहेको पाइएको छ। बालिकालाई बलात्कारको शिकार बनाउन मुख्य सहयोगी बालिकाकी हजुर आमा नाता पर्ने एक महिला भएको खुलेको प्रहरीको भनाइ छ।

सन्धिखर्क नगरपालिकाकी १४ वर्षीया बालिकालाई सितगंगा नगरपालिका-१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले पटक-पटक बलात्कार गर्ने गरेको भन्दै असार ५ गते प्रहरीमा जाहेरी परेको थियो।

त्यसपछि अनुसन्धान गर्दा बालिकालाई बलात्कार गराउनमा हजुर आमा नाता पर्ने छिमेकी ४० वर्षीया महिला नै मुख्य सहयोगी रहेको खुलेको प्रहरीको भनाइ

छ।

पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ, बिस्कुट खान जाउँ भन्ने आश्वासन दिँदै र अन्य लोभ लालचसमेत देखाउँदै बलात्कारको शिकार बनाएकी थिइन्।

त्यस यता पनि उनले आफ्नो घरमा र पटक-पटक जंगल लगायत विभिन्न स्थानमा लगेर न्यौपानेबाट बलात्कार गराई पैसासमेत लिने गरेको पाइएकोले दुबैलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी अम्मरबहादुर थापा क्षेत्रीले बताए।

दुबै जनाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरि अदालतमा पेस गरि ६ दिन म्याद थप्दै अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

बलात्कार पश्चात उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। कक्षा ६ मा पढ्ने उनी विद्यालय जान पनि छाडेकी छन्। उनी घरमासमेत बेला बेलामा बर्बराउँदै मध्यरातमा बाहिर जाने गरेकी छन्।

बालिकालाई बलात्कार पश्चात कसैलाई जानकारी दिए कुट्ने, मार्नेलगायतको धम्की दिँदै थप मानसिक पीडा दिँदै आएको पाइएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय