सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पर्साबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ
समाचार

पर्साबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ

  • सिधा दृष्टी बुधबार, असार ८, २०७९ | June 22, 2022

वीरगञ्ज- पर्साबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पटेर्वासुगौली गाउँपालिका-४ अकुवा बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार पक्राउ परेका हुन्।

पञ्जियारको घरमा लुकाएर राखिएको अवस्थामा चार किलो ३०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

असार सात गते साँझ पाँच बजे अकुवा टोलमा लागूऔषध गाँजा बिक्री हुने गरेको सूचना प्रहरीसमक्ष आएको थियो।

सूचनाकै आधारमा प्रहरीले पञ्जियारको घर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा चार किलो ३०० ग्राम गाजा फेला

परेको थियो।

उनीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय