सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • नेपाल वायुसेवा सञ्चालक संघले हवाई सेवा बन्दको निर्णय फिर्ता लिएको छ
मुख्य खबर

नेपाल वायुसेवा सञ्चालक संघले हवाई सेवा बन्दको निर्णय फिर्ता लिएको छ

  • सिधा दृष्टी बुधबार, असार ८, २०७९ | June 22, 2022

काठमाडौं- नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि गर्ने भनेको हवाई सेवा बन्दको निर्णय फिर्ता लिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणसंगको छलफल पछि संघ आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको हो।

वार्ताबाटै समस्या समाधान गर्ने सहमति भएका कारण बुधबार उडान बन्द नहुने संघका प्रवक्ता योगराज कँडेलले बताए।

‘वार्तामा सहज वातावरण बनेको छ। उडान बन्दको कार्यक्रम फिर्ता भएको छ। अब बुधबार उडान बन्द हुँदैन,’ उनले भने, ‘हामी वार्तामा नै छौं। पूर्ण सहमति भएको छैन। भोलि १२ बजे पुनः बस्ने सहमतिका साथ आजको छलफल

सकियो।'

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय