सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भारतीय मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु
समाचार

भारतीय मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

  • सिधा दृष्टी बुधबार, असार ८, २०७९ | June 22, 2022

काठमाडौँ — कञ्चनपुरको पुनर्बास नगरपालिकामा भारतीय मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पुनर्बास–६ टाउनका दुई वर्षीय मनिष राना मगरको मृत्यु भएको हो ।

तीव्र गतिको युपी ३१ के ८१३० नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

गम्भीर घाइते बालकको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएर चालक फरार भएका थिए ।

उनी नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका मल्लले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय