शुक्रबार, मंसिर १६, २०७९ | Friday 2nd December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १३ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ
समाचार

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १३ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ

  • सिधा दृष्टी मङ्लबार, असार ७, २०७९ | June 21, 2022

काठमाडौं- नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १३ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७७ पुस ७ गतेको फैसलाअनुसार छ दिन कैद सजाय १३ लाख जरिवाना ठहर भएका चितवन खैरहनी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उच्च अदालतले कैद र जरिवाना ठहर भएका तामाङलाई चितवनबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ तामाङले आफ्नो

कुमारी बैंक लिमिटेड सौराहा शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितलाई चेक दिएर बैंकिङजन्य अपराध गरेको प्रहरीले जनाएको छ।

तामाङलाई फैसला कार्यान्वयनका लागि सोमबार नै जिल्ला अदालत चितवन पेश गरिएको प्रवक्ता महतोले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय