काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन पहल गरेका छन्। यसका लागि उनीहरुले यसबारे निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने भएका छन्।
महामन्त्रीद्वयले आज आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन लागेका हुन्। विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए। महामन्त्रीद्वयले यस विषयमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराएका थिए।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश