बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भोटेबहालस्थित एक गेस्ट हाउसमा काभ्रे घर भएका एक युवकले युवतीलाई बलात्कार गरेर सुन र नगद लुटेका छन्
समाचार

भोटेबहालस्थित एक गेस्ट हाउसमा काभ्रे घर भएका एक युवकले युवतीलाई बलात्कार गरेर सुन र नगद लुटेका छन्

  • सिधा दृष्टी मङ्लबार, असार ७, २०७९ | June 21, 2022

काठमाडौं- काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसमा काभ्रे घर भएका एक युवकले युवतीलाई बलात्कार गरेर सुन र नगद लुटेका छन्। गएको जेठ २९ गते बेलुका काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने विवश तामाङले २४ वर्षीया युवतीलाई बलात्कार गरेका हुन्।

आरोपीलाई असार ५ गते प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाई बलात्कार गरेपछि आरोपितले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीले बताएको छ।

सामाजिक सञ्जालमार्फत चिनजान भएकी युवतीलाई

३० वर्षीय विवशले ‘विवाह गर्छु भनेर सम्बन्ध अघि बढाएका थिए। पहिलो भेटमै उनले बलात्कार गरेर लुटपाटसमेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। भेट हुँदासम्म युवतीलाई युवकको सही नाम र ठेगानासमेत थाहा नभएको प्रहरीले बताएको छ।

युवकले गेस्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोबाइल इन्ट्री गराएका थिए। बलात्कारपछि मोबाइलसमेत लिएर उनी भागेको प्रहरीले जनाएको छ।

आरोपितलाई बलात्कार र चोरी मुद्दामा प्रहरी वृत्त कालीमाटीले अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय