सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • एसपीपी) लाई अस्वीकार गर्ने गरी सरकारले पत्र लेख्ने भएको छ
मुख्य खबर

एसपीपी) लाई अस्वीकार गर्ने गरी सरकारले पत्र लेख्ने भएको छ

  • सिधा दृष्टी मङ्लबार, असार ७, २०७९ | June 21, 2022

काठमाडौँ — विवादित अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने गरी सरकारले पत्र लेख्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विवरणसहित अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको हो । २०७२ असोजदेखि अघि बढाइएको एसपीपी सम्झौता पछिल्लो समय नेपालमा चर्को विवादमा परेको थियो ।

एक मन्त्रीका अनुसार असंलग्न परराष्ट्र नीति अपनाइरहेको नेपाल कुनै पनि सैन्य गठबन्धनमा जान नसक्ने निष्कर्षसहित एसपीपी अस्वीकारको निर्णय भएको हो ।

जेठ अन्तिम अमेरिका सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चार्ल्स ए फ्लिनले नेपाल

भ्रमण गरेपछि एसपीपी सम्झौता अझ विवादित बनेको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय