सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • इन्धनको मूल्य बढेको विरोधम यातायात व्यावसायीले विराटनगरमा चक्काजाम गरेका छन्
समाचार

इन्धनको मूल्य बढेको विरोधम यातायात व्यावसायीले विराटनगरमा चक्काजाम गरेका छन्

  • सिधा दृष्टी सोमवार, असार ६, २०७९ | June 20, 2022

काठमाडौँ — इन्धनको मूल्य बढेको विरोधम यातायात व्यावसायीले विराटनगरमा चक्काजाम गरेका छन् । मुल्यवृद्धिको विरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकले कोशी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।

निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ । यसैगरी, डिजेल र मट्टितेलको मूल्य २७ रुपैयाँले बढेर प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

हवाई इन्धनको मूल्य आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि भएरप्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने

बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको निगमले जनाएको छ । नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ६४५ अमेरिकी डलर कायम गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय