सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाए
समाचार

पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाए

  • सिधा दृष्टी सोमवार, असार ६, २०७९ | June 20, 2022

काठमाडौँ — नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको हो ।

निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन । निगमले हवाई

इन्धनतर्फ आन्तरिकमा १९ र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय