सल्यान- सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
बनगाड कुपिण्डे नगरपालिका-४ देउलीमा भे१ज १०२१ नम्बरको जिप शनिबार राति दुर्घटनामा परेको हो।
दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका-४ देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काका अनुसार घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको छ।