काठमाडौं- भानु नगरपालिका-८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ।
खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो।
आइतबार बिहानको अविरल वषापछिको बाढीले ह्युमपाइपमा क्षति पुगेको प्रहरीले जनाएको छ। साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ।