बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • झापामा बस्दै आएका भुटानी शरणाथी नेता डा. भम्पा राईको निधन
समाचार

झापामा बस्दै आएका भुटानी शरणाथी नेता डा. भम्पा राईको निधन

  • सिधा दृष्टी आइतवार, असार ५, २०७९ | June 19, 2022

काठमाडौँ — झापामा बस्दै आएका भुटानी शरणाथी नेता डा. भम्पा राईको निधन भएको छ ।
विगत केही दिनदेखि गम्भीर बिरामी रहेका राईको आज (आइतबार) बिहान ७५ वर्षको उमेरमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
राई विगत २९ वर्षदेखि झापाको दमकमा बस्दै आएका थिए । झापामा बसेर उनले भुटानी शरणार्थीको स्वदेश फिर्ति अभियानको नेतृत्व गर्दै आएका थिए । दुई वर्ष अघि मात्रै पत्नीको मृत्यु भएपछि उनी एक्लै थिए ।
राईकी भाञ्जी रौरी

राईका अनुसार पाँच दिन अघि मात्रै उनको दमकस्थित लाइफलाइन अस्पतालमा हर्नियाको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई शनिबार दिउँसो विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । शनिबार साँझदेखि उनको मुटुको चाल कम भएको थियो ।
राईको पार्थिव शरीरको आजै किरात संस्कारअनुसार दमकस्थित रतुवामाई जंगलमा अत्येष्टि गर्ने तयारी छ ।
भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेट्दा उनी आफ्नै इच्छाले नेपाल आएका थिए । ३० वर्षअघि शरणार्थी हैसियतमा झापा आउँदा राईले श्रीमतीसँगै बुबाआमालाई पनि साथै ल्याएका थिए । आमा विष्णुमायाको ०५४ र बुबा आइतराजको ०६४ सालमा निधन भएको थियो । नि:सन्तान राईका लागि कुनै बेला एक लाखभन्दा बढी भुटानी शरणार्थीको गास, बास र आवासको व्यवस्थापनका लागि नेपाल सरकार तथा दातृ निकायको सहयोगका लागि पहल गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय