बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
समाचार

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

  • सिधा दृष्टी आइतवार, असार ५, २०७९ | June 19, 2022

काठमाडौँ — कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टंका सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जंगलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेका सोडारीलाई आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।
नदी किनारमा तटबन्धका लागि अन्य तीन महिला ढुंगा सङ्कलन गरिरहेका थिए । एक्कासि दुईवटा हात्तीनजिकै देखेपछि दुई महिला

भागे पनि सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएकोे छ ।
पछिल्लो समय कैलाली, बर्दिया जिल्लामा जंगली जनावरको आक्रमण बढ्दै गएको छ । यसबाट जंगल आसपासमा भएका क्षेत्रमा बर्सेनि दर्जनौँ मानिसको ज्यान जाने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय