बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • धरान उपमहानगर प्रमुख हर्कराज राई उर्फ हर्क साम्पाङले प्रायस् श्रमदानमा रमाए
समाचार

धरान उपमहानगर प्रमुख हर्कराज राई उर्फ हर्क साम्पाङले प्रायस् श्रमदानमा रमाए

  • सिधा दृष्टी आइतवार, असार ५, २०७९ | June 19, 2022

काठमाडौँ — धरान उपमहानगर प्रमुख हर्कराज राई उर्फ हर्क साम्पाङले प्रायस् श्रमदानमा रमाएको पाइन्छ । शनिवार पनि उनी खानेपानीको लागि धरानकै पकुवा खोलामा श्रमदानमा व्यस्त भए ।
खानेपानीको मुद्दा उठाएर उपमहानगर प्रमुखमा निर्वाचित भएपछि उनी खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रित भएका छन् । धरानको मुख्य समस्या खानेपानी हो । यो विषय हरेक चुनावमा एजेन्डा बने पनि पानी वितरणको समस्या हालसम्म समाधान हुन सकेको छैन ।
उपमहानगर प्रमुख राईको चुनावको मुख्य एजेन्डा खानेपानी नै थियो

। सोही अनुरुप प्रमुख पदमा निर्वाचित भएपछि उनी पानीको जोहो गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय