बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ
समाचार

सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ

  • सिधा दृष्टी शनिबार, असार ४, २०७९ | June 18, 2022

काठमाडौँ — सुस्त मनस्थिति भएकी एक युवतीमाथि दाङको तुलसीपुरमा सामूहिक बलात्कार भएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका ५ दोघरेस्थित एक निर्माणाधीन घरमा सुस्त मनस्थितिकी युवतीमाथि ४ जनाले सामूहिक बलात्कार गरेका हुन् । युवतीमाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने दुई आरोपी फरार भएका छन् ।
बलात्कार गरेको आरोपमा तुलसीपुर ५ का २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन् । अन्य दुई जना भने फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी

प्रमुख, प्रहरी उपरीक्षक एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
चौधरीले २५ वर्षीय सुस्त मनस्थितिकी युवतीलाई घरबाट फकाएर नयाँ घर बन्ने ठाउँसम्म पुर्याएका थिए । त्यसपछि ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ । फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय