उदयपुर- उदयपुरका एक बालक चट्याङको आवाजले बेहोस भएका छन्। शनिबार बिहान पौने ४ बजेतिर वर्षासँगै परेको चट्याङको चर्को आवाजले जिल्लाको उदयपुरगढी गाउँपालिका-४ डुम्रेका १४ वर्षीय इन्द्रबहादुर थापा मगर बेहोस भएका हुन्।
बिहान घरमै सुतिरहेका बेला परेको चट्याङको आवाजले बालक इन्द्र ओछ्यानमै बेहोस भएपछि उपचार गर्न गाईघाट ल्याइएको प्रहरीले जनाएको छ।
बाबु सारद थापामगरका अनुसार चर्को आवाजका साथ चट्याङ परेको र सुतिरहेको छोरा बेहोस भएको भेटेपछि प्रहरीलाई खवर गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइएको हो।
बालकको अहिले उदयपुर