शुक्रबार, मंसिर १६, २०७९ | Friday 2nd December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ
समाचार

वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ

  • सिधा दृष्टी शनिबार, असार ४, २०७९ | June 18, 2022

काठमाडौँ — वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो ।
सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए ।
कामबाट आएलगत्तै पौडी खेल्न गएका उनी लामो समयसम्म कोठामा नफर्केपछि सँगै बस्ने साथीहरु खोज्न जाँदा तालमा डुबेको अवस्थामा फेला परेको अधिकारीले बताए

। सुवेदी तालमा डुबेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।
मृतक सुवेदी ग्वारडास्थित एक कृषि कम्पनीमा कार्यरत थिए । शर्माको श्रीमती र एक छोरी नेपालमा रहेका छन् । यसअघि पनि एक नेपालीको समुद्रमा डुबेर निधन भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय