बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • तनहुँको साँगे खोलामा डुबेर एक किशोरको मृत्यु
समाचार

तनहुँको साँगे खोलामा डुबेर एक किशोरको मृत्यु

  • सिधा दृष्टी शनिबार, असार ४, २०७९ | June 18, 2022

काठमाडौँ — तनहुँको व्यास नगरपालिका–५ स्थित साँगे खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । तनहुँकै म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश बिकको शुक्रबार खोलामा डुबेर मृत्यु भएको हो ।
माछा मार्ने क्रममा खोलामा डुब्दा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
बिकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने सामान्य अवस्थामा प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । उनको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय