सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सिके राउतले जेलमै पुगेर निलम्बित सांसद रेशम चौधरीसँग भेटवार्ता गरे
समाचार

सिके राउतले जेलमै पुगेर निलम्बित सांसद रेशम चौधरीसँग भेटवार्ता गरे

  • सिधा दृष्टी शनिबार, असार ४, २०७९ | June 18, 2022

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जेलमै पुगेर निलम्बित सांसद रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।
आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेका उनले जेलमा रहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेटेका छन् ।
कारागार प्रशासन स्रोतका अनुसार डा। राउतले पाँच मिनेट मात्रै चौधरीसँग कुराकानी गरेका थिए । भेटका क्रममा भाबी दिनका हुनसक्ने सहकार्यको विषयमा छलफल भएको बताइएको छ ।
चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् ।

टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा उनी कारागारमा छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि डा। राउत विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् ।
स्थानी तहको चुनावमा अन्य दलसँग गठबन्धन नगर्दा परिणाम सन्तोषजनक नआएको भन्दै आसन्न निर्वाचनमा मधेसी दलसँग गठबन्धन गर्ने जनमत पार्टीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय