शुक्रबार, मंसिर १६, २०७९ | Friday 2nd December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन्
समाचार

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन्

  • सिधा दृष्टी शुक्रबार, असार ३, २०७९ | June 17, 2022

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन् ।
शुक्रबार बिहान प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा खड्काले एसपीपीको छलफलमा च्याप्टर क्लोज भइसकेकाले अब बहस आवश्यक नभएको बताएका हुन् ।
खड्काले एसपीपी नेपालको हितमा नभएको स्पष्ट पारे । ‘नेपालको हितमा एसपीपी छैन । यो अगाडि बढ्दैन । हामी सामरिक गठबन्धनमा जाँदैनौं । ’उनले भने, ‘यसको च्यापटर नै क्लोज भइसक्यो । यसको खोतलखातल नगरौं । एउटै विषय पटक पटक नकोट्याउँ ।’

खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले नै अगाडि बढ्दैन भनेपछि बहस गर्नु आवश्यक नभएको जानकारी गराए । उनले अब यो विषय टुंगिसकेकाले अगाडि नबढ्ने जिकिर गरे ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय