बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरी सोनाली कुमारी सिंह (निहारिका) ले सरकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोडेकी छन्
समाचार

न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरी सोनाली कुमारी सिंह (निहारिका) ले सरकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोडेकी छन्

  • सिधा दृष्टी शुक्रबार, असार ३, २०७९ | June 17, 2022

काठमाडौँ – न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरी सोनाली कुमारी सिंह (निहारिका) ले सरकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोडेकी छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले दिएको जुस पिउँदै उनले बिहीबार बेलुकी अनसन तोडेकी हुन् । अनसन तोडाउन राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाले पहल गरेकी थिइन् ।
आरोपी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला

बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने र न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।
सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय