सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका सातै जनाको जीवितै उद्धार
समाचार

कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका सातै जनाको जीवितै उद्धार

  • सिधा दृष्टी शुक्रबार, असार ३, २०७९ | June 17, 2022

काठमाडौँ – कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका सातै जनाको जीवितै उद्धार गरिएको छ ।
पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुङ्गा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए ।
डुङ्गा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
स्थानीयवासी र डुङ्गा चालकले बेपत्ताको उद्धार गरेका हुन् । वर्षायाम सुरु भएकाले डुङ्गा नचलाउन सुझाव दिएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय