बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिए
समाचार

चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिए

  • सिधा दृष्टी शुक्रबार, असार ३, २०७९ | June 17, 2022

काठमाडौँ — रंग पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप लागेका चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिएका छन् ।
बलामीले आफूमाथि लागेको आरोपमा अनुसन्धानका लागि सहज होस् भनेर राजीनामा दिएको बताएका छन् । बलामीले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज भन्दै राजीनामा दिएको र उनको राजीनामा स्वीकृत गरेका संघका अध्यक्ष दिनेश सिटौलाले जानकारी दिए ।
बलामीको राजीनामा दिएपछि बसेको संघको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

बलामीलाई एक रंग पत्रकारले ६ वर्षअघि संघको चुनावका क्रममा होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।
पीडित पत्रकारले संघले केहि समय अघि पुरस्कार दिने घोषणा गरेपछि उक्त पुरस्कार नलिने घोषणा सहित बलामीले गरेको दुर्व्यवहारका बारेमा आवाज उठाएकी थिइन । उनलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिमा पीडक भनिएका बलामी पनि सदस्य रहेकाले उक्त पुरस्कार नलिने उनले बताएकी थिइन ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय