शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • भाइरसका कारण अनुहारको आधा भाग नै पक्षघात भएका क्यानडेली पपस्टार जस्टिन बिबरको स्वास्थ्यलाभ हुने संकेत
बलिउड / हलिउड

भाइरसका कारण अनुहारको आधा भाग नै पक्षघात भएका क्यानडेली पपस्टार जस्टिन बिबरको स्वास्थ्यलाभ हुने संकेत

  • सिधा दृष्टी सोमवार, जेष्ठ ३०, २०७९ | June 13, 2022

काठमाडौँ — भाइरसका कारण अनुहारको आधा भाग नै पक्षघात भएका क्यानडेली पपस्टार जस्टिन बिबरको स्वास्थ्यलाभ हुने संकेत देखिएको चिकित्सकले जनाएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै ‘बेबी’ गायकले रामसे हन्ट सिन्ड्रोमबाट आफू संक्रमित भएको जनाएका थिए । उक्त सिन्ड्रोमले कान र अनुहारको नसामा असर भएको तथा दाहिने आँखा झिम्काउन नसकिरहेको उल्लेख गरेका थिए ।

बेलायतका प्लास्टिक कन्स्ट्रक्टिभ सर्जन तथा स्वास्थ्य च्यारिटी फेसियल पाल्सीका सहसंस्थापक चार्ल्स नुकाका अनुसार यस्तो संकेत देखिएका ७५ प्रतिशत बिरामीले समयमै उपचार पाए पूर्णरुपमा निको

हुने बताए । बिबरले सेयर गरेको भिडियो हेर्दा मैले हल्का रिकभर भएको देखें, जुन उत्साहजनक हो,’ नुकाले रोयटर्ससँग भने, ‘अनुहार पक्षघातको सन्दर्भमा सबैभन्दा स्पष्ट कुरा भनेको बिरामीले आँखा झिम्काउन र पूर्णरुपमा बन्द गर्न असमर्थ हुन्छन् र उनीहरु मुस्कुराउन सक्दैनन् ।’

२८ वर्षीय गायकले आगामी शोमा आफूले शारीरिक रुपमा प्रस्तुति दिन नसक्ने जनाएका छन् । चिकित्सक नुकाले काममा फर्कनुअघि बिबरले आफ्नो शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने सुझाए । तत्कालका लागि बिबरको विश्वव्यापी जस्टिन टुर स्थगित भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय