काठमाडौँ — इटहरी वडा नं ६ र ९ को बीच एकता टोलमा आज बिहान चितुवा प्रवेश गरेपछि गाउँले त्रसित भएका छन्।
बाक्लो वस्ती रहेको टोलमा प्रवेश गरेकाले गर्दा चितुवाले आक्रमण गर्न सक्ने भएपछि स्थानीय त्रसित भएका हुन् । स्थानीय प्रहरीले सर्वसाधारणलाई घर बाहिर ननिस्किन माइकिङ् गरि रहेको छ ।
बिहान ५ बजे सो टोलमा देखा परेको चितुवा नियन्त्रण लिने प्रयास भइरहेको छ । चितुवा नियन्त्रणमा लिनका लागि कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रबाट प्राविधिक टोली उपकरणसहित खटिएको छ ।