बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९र८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ
समाचार

प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९र८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ

  • सिधा दृष्टी आइतवार, जेष्ठ २९, २०७९ | June 12, 2022

काठमाडौँ — प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९र८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।

नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरु हिक्मतकुमार कार्की, जिवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलाबल्लभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सासंदहरुले ती प्रस्ताव फिर्ता लिएनन् । तर, ती प्रस्तावहरू

बहुमतले अस्वीकृत भएका थिए ।

यस्तै, असार १ गते प्रदेश सभा बैठकमा बजेट पेस हुँदैछ । उक्त बैठकका लागि सांसदहरूलाई २ बजे उपस्थित हुन सभामुखले अनुरोध गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र भिम आचार्यसहित २० जना प्रदेशसभा सदस्यहरूले बोलेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय