बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरी
समाचार

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरी

  • सिधा दृष्टी आइतवार, जेष्ठ २९, २०७९ | June 12, 2022

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार राति भएको नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ ।

अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाललले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो ।

नेपालका लागि रोहित पौडेलले ६२ रन, आसिल शेख ६१ रन र देव खनालले ५४ रनको अर्धशतकीय पाली खेलेका थिए । त्यस्तै अदिल अन्सारीले २४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए । अमेरिकाका लागि रस्टी थेरोनले ४ विकेट

लिए ।

जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनायो। अमेरिकाका स्टेभिन टेलरले ११४ रनको शतकीय पाली खेले भने कप्तान मोनान्क पटेलले ८५ रन बनाए । नेपालका लागि अदिल अन्सारीले ३ विकेट लिए। महत्वपूर्ण समयमा विकेट लिएका उनी खेलको उत्कृष्ट खेलाडी चुनिए ।

अमेरिकालाई अन्तिम दुई बलमा जितको लागि केवल एक रन चाहिएको थियो। तर, आदिलले अन्तिम ओभरको पाँचौं बलमा आरोन जोन्सलाई रोहित पौडेलबाट क्याच गराए भने अन्तिम बलमा राहुल जारिवाला १ रन लिने प्रयासमा रनआउट भए । आदिलले अन्तिम ओभरमा ५ रन दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय