मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नुवाकोटको सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने बताएका छन्
समाचार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नुवाकोटको सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने बताएका छन्

  • सिधा दृष्टी आइतवार, जेष्ठ २९, २०७९ | June 12, 2022

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नुवाकोटको सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने बताएका छन् ।

आइतबार काठमाडौँ महानगरको कार्यपालिका बैठकमा उनले सिसडोलस्थित फोहोर विसर्जनस्थलमा जैविक केमिकल प्रयोग गरिने बताए । त्यसले वातावरणमा असर नपर्ने उनको भनाइ छ ।

“सिसडोल एक महिनाभित्र दुर्गन्धरहित हुन्छ भनेर काम अघि बढाएका छौँ । जैविक केमिकल प्रयोग गर्दै छौँ । जसले वतावरणमा असर पार्दैन,” उनले भने, “सफा पानी मात्र खोलामा जाने बनाउँदै छौँ ।”

तीनपिप्लेदेखि बन्चरेडाँडाको बाटो निर्माणकार्य असारको पहिलो हप्तादेखि

सुरु हुने उनले जानकारी दिए । बन्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि योजनाअनुसार काम भइरहेको उनले उल्लेख गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय