मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • विद्युतको पोल हुँदै विद्युत प्रसारण लाइनमा चढ्न थालेपछि ६० मेगावाटको त्रिशुली थ्री-ए आयोजना नै बन्द
मुख्य खबर

विद्युतको पोल हुँदै विद्युत प्रसारण लाइनमा चढ्न थालेपछि ६० मेगावाटको त्रिशुली थ्री-ए आयोजना नै बन्द

  • सिधा दृष्टी शनिबार, जेष्ठ २८, २०७९ | June 11, 2022

काठमाडौं- नुवाकोटको बोलकोटगढी नगरपालिका वडा नम्बर-१३ का प्रेमबहादुर बिक शनिबार बिहान १० बजेदेखि विद्युतको पोलबाट हाइटेन्सन प्रसारण लाइनमा गएर उनले प्रसारण लाइनको तार हल्लाउने र हिँड्ने गरिरहेका छन्।

नुवाकोटकै बोलकोटगढी नगरपालिका वडा नम्बर–१३ का स्थानीय प्रेमबहादुर विक ककनी गाउँपालिकामा विद्युतको पोल हुँदै विद्युत प्रसारण लाइनमा चढ्न थालेपछि ६० मेगावाटको त्रिशुली थ्री-ए आयोजना नै बन्द गरिएको छ।

प्रेमबहादुर शनिबार बिहान ककनीको चतुराले भन्‍ने ठाउँबाट विद्युतको पोलमा चढेको र उनलाई विभिन्‍न प्रलोभन देखाउँदा पनि ओर्लिन नमानेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले

बताए।

उनले नेपाल समयसँगको कुराकानीमा भने, 'बिहान १० बजेतिर पोलमा चढिरहेको देखेपछि विद्युत प्रसारण बन्द गर्न लगाएका थियौं। अहिलेसम्म विद्युत अवरुद्ध भएको छ। उनलाई बियर, मासु र पैसा दिएर फकाउने प्रयास गरिरहेका छ। तर, उनी मानिरहेका छैनन्।'

पैसा मासु र मदिरा देखाएपछि आधा पोलसम्म ओर्लिए पनि फेरि माथि नै उक्लिएको गाउँपालिका अध्यक्ष तामाङले बताए। उनले थपे, 'मासु, पैसा र रक्सी देखाएपछि आधाबाटोसम्म आए। तर, उल्टै आधा पोलसम्म पुगेर तिमीहरुले आफ्नै छोराछोरीलाई पाल्न सकेका छैनौं, मलाई के दिन्थ्यौं भनेर फेरि फर्किए।' अहिले स्थानीय र प्रहरीको ठूलो उपस्थिति रहेको छ भने उनलाई ओराल्नका लागि सुरक्षाकर्मीहरुले फकाइरहेका छन्। गाउँपालिका अध्यक्ष तामाङका अनुसार उनी मानसिकरुपमा असन्तुलित व्यक्ति हुन्।

उनले भने, ‘उनलाई ओराल्न पोलमै चढ्दा हामफाल्न सक्ने र ज्यान नै जोखिममा पर्न सक्ने भएकाले प्रहरी पोलमा चढेका छैनन्। अहिले प्रमुख जिल्ला अधिकारीसँग हेलिकोप्टरबाट डोरी झारेर उद्धार गर्ने विषयमा छलफल भइरहेको छ।'

ती व्यक्ति चढेको पोलमा त्रिशुली थ्री–ए आयोजनाबाट काठमाडौंमा विद्युत ल्याइएको २२० केभी प्रसारण लाइन जडान भएको छ। उक्त प्रसारण लाइनमा डबल सर्किट छ।

प्रसारण लाइनमा चढेका व्यक्तिलाई करेन्ट लाग्‍न सक्ने डरले त्रिशुली थ्री–ए आयोजना नै बन्द गरेर बस्नुपर्दा काठमाडौंमा विद्युत आपूर्तिमा समस्या हुन थालेको विद्युत प्राधिकरणले बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय