काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको जानकारी महासंघले दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ