शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आठ महिनाभित्रै एकीकृत समाजवादी राष्ट्रव्यापी बन्ने खनालको दाबी
समाचार

आठ महिनाभित्रै एकीकृत समाजवादी राष्ट्रव्यापी बन्ने खनालको दाबी

  • सिधा दृष्टी शनिबार, जेष्ठ २८, २०७९ | June 11, 2022

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताए।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नम्वर १५ का समाजवादी उमेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार उक्त क्षेत्र पुगेका खनालले निर्वाचनमा गठबन्धनले ठीक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेकाले पार्टीलाई धेरै फाइदा नभएको बताए।

उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजयी हासिल गरेको दाबी गरे। १५ वडामा पनि तालमेल गर्दा सवै पद

गुमाउनुपर्ने भएकाले नै एक्लै चुनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको भनाइ दाबी छ।

बिद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोषा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउँदै लैजानुपर्ने बताए। काठमाडौंको मेयरमा स्वतन्त्र उमेदवार (बालेन शाह) विजयी भएकाले सवैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय