बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • पप गायक जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस
बलिउड / हलिउड

पप गायक जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस

  • सिधा दृष्टी शनिबार, जेष्ठ २८, २०७९ | June 11, 2022

हलिउडका प्रख्यात गायक जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ । जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले छोएपछि उनलाई अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो ।
यो रोग लागेपछि जस्टिन केही समयका लागि आराममा छन् । उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो कन्सर्टको शो क्यान्सिल गरेको बताएका छन् ।

भिडियोमा जस्टिन निकै कमजोर देखिएका छन् । उनी बोल्न पनि झन्झट मानिरहेका छन् । ‘एक भाइरसको कारण मलाई खतरनाक रोग लागेको छ । यो भाइरस यति खतरनाक छ

कि मेरो अनुहारको नशामा आक्रमण गरिरहेको छ । यसकारण मेरो अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ’,उनले भनेका छन् ।

भिडियोमा उनले आफ्नो अनुहार फ्यानलाई पटक पटक देखाएका छन् । उनले कसरी आफ्नो एक भागको आँखा झिम्कन सकेको छैन भनिरहेका छन् । उनी एक भागमा हास्नसमेत सकेका छैनन् । उनको नाक पनि हल्लिएको छैन ।

यो समय म स्टेज प्रस्तुती दिन सकेको छै, किनकी मेरो शरीरले काम नै गरेको छैन । यो भाइरस निकै गम्भीर किसिमको छ । तपाईंहरु मेरो शरीरलाई देख्न सक्नुहुन्छ’, उनले भनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय