बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सांसद गुरुङ भन्छिन्- प्रहरीले ‘सलाम’ नै गरेन
समाचार

सांसद गुरुङ भन्छिन्- प्रहरीले ‘सलाम’ नै गरेन

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ २७, २०७९ | June 10, 2022

काठमाडौं- प्रतिनिधि सभाको बैठकमा सांसद रेणुका गुरुङले प्रहरीले आफूलाई 'सलाम' नगरेको गुनासो समेत गरेकी छन्।

'माननीय भनेको सवैले मान्ने भन्ने व्यक्ति बुझिन्छ। सुरक्षाकर्मी कसैले अभिवादन गरेको छ, कसैले गरेको छैन। लापरबाही गरेको छ,' उनले भनिन्।

उनले सांसदलाई कानुन निर्माण गर्न वातावरण चाहिनेसमेत बताइन्। सांसद सजीव प्राणी एकाले भोक र तिर्खा लाग्ने बताउँदै उनले भनिन्, 'क्यान्टिन गयो खाजा ल्याउन ढिलाइ हुन्छ। पानी खान गयो कहिले पानी हुँदैन, कहिले गिलास हुँदैन। कहिले तातोपानी हुँदैन। लापरबाही छ।'

उनले शौचालय पनि सफा नरहेको

बताइन्। शौचालयमा भुइँभरि पानी हुने गुनासो गरिन्। संसद भवन सांसदहरूको कार्यालय भएकाले जताततै घुम्न पाउनुपर्ने माग गरिन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय