पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका-४, साँखरस्थित ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत सो क्षेत्रमा गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो ।
सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधन फर्काइएको उनले बताए । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।
तत्काल मर्मतसम्भार पनि
गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सवारी सञ्चालन गर्न धेरै समय लाग्ने भएकाले राजमार्गमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ ।