मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ‘डाक्टर बन्न पहिला त केटा वा केटी पो हुनुपर्ने रहेछ’
समाचार

‘डाक्टर बन्न पहिला त केटा वा केटी पो हुनुपर्ने रहेछ’

  • सिधा दृष्टी बिहिबार, जेष्ठ २६, २०७९ | June 9, 2022

कलकत्ताको बाक्लो बस्ती। भान्सामा पाक्दै गरेको माछाको बास्नाका साथै संगीत र बालबालिका रमाएको आवाजले साँझको समय अझ रमणीय बन्छ। त्यही सहरमा मेरो बाल्यकाल बित्यो। तर अरु साथीजस्तै खेल्दै र रमाउँदै होइन, फुटबलजस्तै यताबाट उता उफ्रिएर, उताबाट यता ठोक्किएर।

केटाहरूको समूहमा जाँदा मजस्तो लजालु केटा उनीहरूको साथी बन्न लायकको छैन भन्थे। केटीहरूसँग खेल्न जाँदा पनि उनीहरू एकआपसमा कानेखुसी गर्दै मलाई केटाहरूकै ग्रुपमा पठाइदिन्थे। साँच्चै भन्दा म केटा वा केटी कसैको ग्रुपको लागि पनि ‘फिट’ भइनँ।

मेरो उमेरसँगै शरीरमा पनि परिवर्तन

आउन थालेको थियो। आवाज पनि परिवर्तन हुँदै गयो। हिँड्ने तरिका पनि बदलिएको आभास हुँदै गयो। कपडा किन्न जाँदा म आफैँ अलमल्ल पर्थेँ, चेक सर्ट किनौँ या फुलबुट्टे फ्रक। यस्तै उल्झन र दोधारमा बितेको मेरो बाल्यकाल अरुको जस्तो सामान्य बन्नै सकेन। स्कुलमा टिचरबाटै दुर्व्यवहार सहनु परेको मलाइ डाक्टर पढेर जाँदा पनि बिरामीले उपचार गर्न मानेनन्। यो सब तनावबाट मुक्त हुन मलाई धेरै समय लाग्यो।

सन्तोष गिरीको समग्र कथा यसरी नै अघि बढिरहेको थियो। साँझ चिया चुस्किदाँ होस् वा सपिङ मलमा जाँदा पनि 'ट्रान्सजेन्डर' भएको कुरा भन्न सकिँदैन। यसको लागि धेरै हिम्मत चाहिन्छ। म ट्रान्सजेन्डर हो भन्ने कुरा बुझाउन खोज्दा घाँटी दुख्ने मात्र हैन, दिमाखको नशा नै चुँडिएला जस्तो हुन्छ। आफन्तबाट टाढिनको लागि तयार हुनुपर्छ।

म जन्मिएको बेलामा घरमा छोरा जन्मदाँ जति खुसी मनाइन्छ, त्यो सबै मनाइएको रहेछ। लड्डु बाँडियो, थालहरू मिठामिठा खानेकुराले सजिए। घरको एक्लो छोरा भएर जन्मिएकी थिएँ। आमाले छोरालाई कसैको आँखा नलागोस् भनेर कालो टीका लगाइदिन्थिन्। यहाँसम्म
सबैकुरा राम्रै चलिरहेको थियो तर समस्या तब सुरु भयो, जब म हुर्कंदै गएँ। मलाई अरु केटालाई जस्तो कमेज सुरुवाल लगाएको मन पर्दैनथ्यो। आमा दिदीहरु घरबाहिर जाने बित्तिकै दिदीको फ्रक निकालेर लगाइहाल्थेँ।

उसो भए त कलेजपछि तपाईंको जीवन सहज भयो, हैन त? यो प्रश्नमा सन्तोष भन्छिन्, 'नाई! बीचमै मैले मेडिकलको पढाइको लागि भर्ना लिएँ। कलेजको अन्तिम वर्ष इन्ट्रनसिप चलिरहेको थियो। त्योपछि म डाक्टर बन्नेवाला थिएँ, तर मर्न लागेको बिरामीलाई समेत 'ट्रान्सजेन्डर डाक्टर' नचाहिने रहेछ।
त्यो मेरो आफ्नै दुनियाँ थियो। श्रृंगार गरेर ऐना हेर्थेँ। मलाई आफ्नो मेकअप गरेको अनुहार मन पर्थ्यो, सजिएर चिटिक्क परेको। तर यो सब केही समयको लागि मात्र हुन्थ्यो। अपराधीले अपराध लुकाएजस्तै सबैजना घर फर्किनुभन्दा अगाडीl नै हतार–हतार सबै निशाना मेटाउनु पर्थ्यो। दिदीको कपडा पट्याएर दजारमा राखिदिन्थेँ। दिदीको दराज राम्रा राम्रा पहिरनले सजिइन्थे। अनि म प्यान्ट-सर्ट लगाएर घरको एक्लो छोराको अवतारमा आउथेँ।

आँखा अगाडि कुनै चलचित्रको दृश्य चलिरहेको जस्तै गरी सन्तोष आफ्नो बाल्यकाल सम्झिन्छिन्। यौन हिंसा भयो भने केटीहरु रुन सक्छन्, अरुलाई भन्न सक्छन्। तर ट्रान्सजेन्डरहरुको लागि यो कुरा सामान्य हुँदैन। उनीहरु चुपचाप सहन्छन्, जसरी म रहेँ,’ सन्तोष सुनाउँछिन्।

म स्कुल पढ्ने उमेरको बीचतिर थिएँ। त्यही समयको कुरा हो। कक्षाका सबै साथी खेलकुद मैदानमा थिए। मलाई चाँहि शिक्षकले कुरा गर्नु छ भनेर क्लासमै राखेका थिए। कक्षामा टिचर र म मात्र थियौँ। उनले मलाई जतापायो त्यतै छुन थाले। कम्मर र पेटलाई समातेर थिच्न थाले। म रुन थालेपछि उनले मलाई छाडिदिए। त्यो दिनपछि यो घटना फेरि दोहोरिन थाले। हप्तामा दुई दिन उनको 'क्लास' हुने गर्थ्यो, अनि मैले उनको घिनलाग्दो हर्कत भोग्नु पर्थ्यो। जब म रुन थाल्थेँ, उनी मलाई काखबाट झारेर भगाइदिन्थे।

गफगाफको क्रममा सन्तोषले त्यस शिक्षकको नाम पनि भनिन्। उनी भन्छिन्, ‘उसको कारणले मलाई स्कुलको नाम सुन्दा पनि डर लाग्न थाल्यो। कक्षाको पढ्न जान्ने विद्यार्थी नै थिएँ। तर कक्षामा नजाने बाहना खोज्न थालेँ।’

डाक्टरको सेतो कोट लगाएको देखेपनि म भएतिर कोही पनि आउँदैनथे। मैले बोलाउँदा पनि कि त 'इग्नोर' गर्थे, कि हामीलाई डाक्टरबाटै चेकअप गर्नु छ भनेर जवाफ फर्काउँथे। उता मेरो साथी भएको ठाउँमा ठेलाठेल गरेर चेकअप गर्न बिरामी पुगेका हुन्थे।
कसैलाई किन नभनेको प्रश्नमा सन्तोष भन्छिन्, ‘जुन बालक आफ्नो पहिचानको लागि संघर्ष गरिरहेको छ, उसले टिचरको कम्प्लेन कसरी गर्न सक्छ। कहिल्यै नसकिने अँधेरो बाटोमा हिँडेझैँ महसुस हुन्थ्यो। एक्लै आफ्नो शरीरलाई हेरेर भगवानले मलाई बनाउँदा गल्ती गरेछन् सोच्थेँ।

लुकेर दिदीको कपडा लगाउने कुरा घरमा थाहा हुँदा घरको वातावरण पनि बदलिन थाल्यो। केटीको कपडा लगाएको थाहा पाउने बित्तिकै पिटाई खान थालेँ। गाउँलेले पनि व्यवहारबारे कुरा लगाउन थाले। 'मउगा' र 'जनखा'जस्ता नामले मलाई बोलाउन थाले।

बुबाले एकदिन गाली गर्दै मलाई आफ्नो बानी सुधार्न भन्नुभयो। ममाथि केटा बन्नको लागि दबाब थियो, कसैलाई डाक्टर बन्ने अथवा घर चलाउने दबाब भए जस्तै। मैले केटा जस्तै कपाडा लगाउने, उनीहरुजस्तै गरेर हिँड्ने र बोल्ने कोशिस पनि गरेकै हो। तर यो सब मेरो प्रयास मात्र थियो। भित्री मनबाट म एउटी केटी थिएँ। त्यसैले लोग्ने मान्छे बन्ने सबै प्रयास बेकार भए।

त्यसैले एकदिन बुबाले मलाई घरबाट निकाली दिनुभयो। कोलकताको सडकमा भौतारिँदै गर्दा साँझ पर्न थाल्यो। कसैको घर जान साथीसमेत थिएनन्। आफन्तले पहिलेदेखि नै मेरो मजाक उडाउने गर्थे। त्यसैले जाने आँट गरिनँ। भौतारिँदै एउटा पोखरीको किनारमा पुगेँ र त्यहीँ थ्याच्च बसेँ। देख्दा केटाको कपडा लगाएको भए पनि त्यो खुकुलो सर्टको भित्र भएको मनमा केटीको मुटु बेस्सरी धड्किरहेको थियो। एक्कैछिनमा केही केटा आएर मलाई वरिपरिबाट घेरे। एउटा केटाले मेरो तिघ्रामा हात राखेको थियो। त्यो पछि के भयो केही पनि याद छैन। मेरो आँखा अस्पतालमा खुल्यो।

शरीर घाउले भरिएको थियो। म बेस्सरीरुन थाले, धेरै नै रोएँ। त्यही अगाडिको स्टलमा बुबा बस्नुभएको थियो। उहाँ पनि रुँदै हुनुन्थ्यो। त्यसदिन पछि मलाई परिवारले विस्तारै अपनाउन थाल्यो। छोराको जस्तो शरीरभित्र उहाँको छोरी छ भन्ने कुरा बुबाले बुझ्नुभएको थियो।

डाक्टरको सेतो कोट लगाएको देखेपनि म भएतिर कोही पनि आउँदैनथे। मैले बोलाउँदा पनि कि त 'इग्नोर' गर्थे, कि हामीलाई डाक्टरबाटै चेकअप गर्नु छ भनेर जवाफ फर्काउँथे।
सन्तोषको बोल्ने तरिकामा पश्चिमा बंगाल-विहारको शैली छल्किन्छ। उनी आफूलाई ‘हम्’ भन्दै कुराकानी गर्न रुचाउँछिन्। घरमा उनलाई केही सहज वातावरण मिल्न थाल्यो तर कलेजमा समस्या २० को १९ भएको थिएन। ‘कलेजमा भर्ना गर्ने समय थियो। म केटा जस्तै देखिने र हिड्ने प्राक्टिस गरेर कलेज पुगेकी थिएँ। तर मेरो प्रयास सफल हुन सकेन।’ काउन्टरमा जाँदा सिधैं लाइनमा नबस्न भनियो। लाइनमा बस्ने अनुमति नपाएपछि म लाइनमा अघि सरिरहेको विद्यार्थीलाई हेरेर चुपचाप एउटा कुनामा बसिरहेँ। अन्तिममा म कलेजको यूनियनमा पुँगे। यूनियन पनि बल्ल बल्ल भर्ना गर्न लैजान राजी भयो।

मेरो पढाइ राम्रो हुँदाहुँदै पनि कलेजमा भर्नाको लागि बिन्ति गर्नुपर्‍यो। तर पनि कलेजमा स्कुल भन्दा तुलनात्मक रुपमा राम्रै थियो। किनभने कलेजमा कसैले मलाई यौन दुर्व्यवहार गरेन। म खुलेर केटीको जस्तो नाच्थेँ र ताली बटुल्थेँ। बंगालमा संगीतले जेण्डरभन्दा माथिल्लो स्तरमा पुर्‍याउँछ। पहिले लाजमर्दो बनाउने मेरो शरीरको कोमलता र आँखाको भावले अब मलाई साथ दिन थालेको थियो।

उसो भए त कलेजपछि तपाईंको जीवन सहज भयो, हैन त? यो प्रश्नमा सन्तोष भन्छिन्, 'नाई! बीचमै मैले मेडिकलको पढाइको लागि भर्ना लिएँ। कलेजको अन्तिम वर्ष इन्ट्रनसिप चलिरहेको थियो। त्योपछि म डाक्टर बन्नेवाला थिएँ, तर मर्न लागेको बिरामीलाई समेत 'ट्रान्सजेन्डर डाक्टर' नचाहिने रहेछ।

अस्पतालमा बिरामीको भीड थेगिनसक्ने गरी हुन्थ्यो। छिटो जाँच गराउन गर्नलाई एउटाले अर्कोलाई उछिन्ने प्रयास गर्थे। तर म भने एउटा कुनामा खाली टेबल र कुर्सी मात्र लिएर बसिरहेकी हुन्थेँ। मेरोमा कोही पनि बिराम जाँच गराउन चाहँदैनथे। डाक्टरको सेतो कोट लगाएको देखेपनि म भएतिर कोही पनि आउँदैनथे। मैले बोलाउँदा पनि कि त 'इग्नोर' गर्थे, कि हामीलाई डाक्टरबाटै चेकअप गर्नु छ भनेर जवाफ फर्काउँथे। उता मेरो साथी भएको ठाउँमा ठेलाठेल गरेर चेकअप गर्न बिरामी पुगेका हुन्थे। त्यसबेला डाक्टरको पनि लिङ्ग हुने रहेछ भन्ने बुझेँ। मसँग भएको धैर्यता र लगनशीलताबाटै असल डाक्टर बन्न सक्छु जस्तो लाग्थ्यो। तर त्यो भन्दा पहिले त म केटा वा केटी हुनुपर्ने रहेछ।

म असल डाक्टर त बन्न सकिनँ, तर मजस्तै मानिसको लागि काम गर्न थालेँ। उनीहरुको लागि बोल्न थालेँ। तर यो सब गर्न सजिलो भने छैन। देख्दा त धेरै 'स्ट्रङ' भइसकेँ तर सानोतिनो कुरामा पनि दोधारमा परिहाल्छु। कपडा रोज्न जाँदासमेत 'जेन्डर न्युट्रल' कपडा बेच्ने पसल छैनन्। केटीको कपडा पाउने स्टोरमा जाँदा सबैले घुरेर हेर्छन्। केटाको स्टोरमा जाँदा समयको नाश मात्र हुन्छ। कुनै 'एप्लिकेसन' भर्न थालेँ भने महिला र पुरुष कोलममा दोधारमा पर्छु। ‘अन्य’का विकल्प चाहिँ कहीँ पनि छैनन्।

(दैनिक भाष्करमा प्रकाशित सन्तोष गिरीको अनुभव रञ्जिता उप्रेतीले भावानुवाद गरेकी हुन्।)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय