काठमाडौं- सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात भएको छ।
उनकै कार्यकक्षमा पुगेका सांसद रामबाबु यादवले मन्त्री श्रेष्ठमाथि हातपात गरेका हुन्।
आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै सांसद यादवले मन्त्री श्रेष्ठमाथि हातपात गरेको बताइएको छ।
प्रहरीले भने सामान्य विवाद मात्र भएको तर हातपात नभएको दाबी गरेको छ।