मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • श्रीमतीले जहिले पनि चाउचाउ खुवाउनाले श्रीमानले गरे सम्बन्ध विच्छेद
समाचार

श्रीमतीले जहिले पनि चाउचाउ खुवाउनाले श्रीमानले गरे सम्बन्ध विच्छेद

  • सिधा दृष्टी बिहिबार, जेष्ठ २६, २०७९ | June 9, 2022

काठमाडौँ — भारतको एउटा अदालतका न्यायाधीशले एकजना पुरुषले हरेक छाक तयारी चाउचाउ मात्र पकाएर खुवाउने गरेको कारण आफ्नी पत्नीलाई सम्बन्ध विच्छेद दिएको बताएका छन् । ती न्यायाधीसले यस अनौठो मुद्दालाई एक ‘लोकप्रिय’ तयारी चाउचाउको नामबाट ‘म्याग्गी मुद्दा’को संज्ञा दिएका छन् ।

भारतमा सम्बन्ध विच्छेदको दर कम भए पनि अहिले यस्तो घटना बढिरहेको छ । दि न्यु इन्डियन एक्सप्रेसका अनुसार भारतको दक्षिण पश्चिमी मैसुरु सहरस्थित गत २७ मेमा उक्त मुद्दाको बारेमा जिल्ला अदालतका मुख्य न्यायाधीस एमएल रघुनाथले पत्रकार सम्मेलनको आयोजना गरेका

थिए । तर, उनले मुद्दा चलेको समयावधि र यसमा संलग्न दम्पतीको नाम भने उल्लेख गरेको छैनन् ।

न्युज आउटलेटका अनुसार पीडित पतिले आफूलाई वैवाहिक जीवनभर नै पत्नीले ब्रेकफास्ट, लन्च र डिनरमा सधैँ म्याग्गी तयारी चाउचाउ पकाएर ख्वाउने गरेको पत्रकारहरूलाई जानकारी गराएका थिए । न्यायाधीशका अनुसार यो दम्पती आपसी सहमतिबाटै छुट्टिएका हुन् ।

भारतको १९५४ को विशेष विवाह कानुन अनुसार सहमतिबाट सम्बन्ध विच्छेद गर्न पनि विवाह तोड्नु अघि एक वर्षसम्म छुट्टिएर बस्नु पर्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय