काठमाडौं- बुधबार अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बन्दुक नियन्त्रण गर्न विधेयक पारित गरेको छ।
टेक्सस र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध-स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको हो।
यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ। विधेयकको पक्षमा २ सय २३ जनाले मतदान गरेका थिए। अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ। तर, माथिल्लो सदनबाट पारित हुने सम्भावना कम रहेको बताइएको छ।
तर, सदनमा विधेयक