बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भरतपुरमा सेफ्टी ट्यांकीमा खसेर दुई जनाको मृत्यु भएको छ
समाचार

भरतपुरमा सेफ्टी ट्यांकीमा खसेर दुई जनाको मृत्यु भएको छ

  • सिधा दृष्टी बिहिबार, जेष्ठ २६, २०७९ | June 9, 2022

भरतपुर- भरतपुर महानगरपालिका–१९ तमु टोलमा बुधबार साँझ सेफ्टी ट्यांकीमा खसेर दुई जनाको मृत्यु भएको छ। स्थानीय रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी रहेका छन्।

सफाइ गर्ने क्रममा छतिराम चिप्लिएर ट्यांकीमा खसेपछि उद्धार गर्न ट्यांकीभित्र पसेका उनका भिनाजु नाता पर्ने डाक्टर चौधरीको पनि ट्यांकीमा पसेर मृत्यु भएको हो। उनीहरू

लामो समयदेखि चितवन र आसपासका क्षेत्रमा ट्यांकी सरसफाइ गर्ने काम गर्दै आएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय