काठमाडौँ — नुवाकोटको ककनी गाउँपालिका – २ स्थित बञ्चरेडाँडामा फोहोर बोकेका गाडीहरुलाई स्थानीयले अवरोध गरेका छन् । बुधबार विहान फोहोर बोकेको गाडीहरुलाई प्रहरीको सहयोगमा फाल्न खोज्दा स्थानीयहरुले गाडीमाथि तोडफोड गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १५ वटा गाडीमाथि तोडफोड गरिएको छ । आक्रमक भीडले गाडीमाथि तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास प्रहार गरेको थियो । दुई दिनअघि सरकार, महानगर र स्थानीबच फोहोर फाल्ने विषयमा सहमति जुटे पनि स्थानीयहरुले अवरोध गर्न छाडेका छैनन् ।
उनीहरुले मुआब्जा, रोजगारी, स्वास्थ्य बिमालगायतका
माग राख्दै दिनहुँ प्रदर्शन गरिरहेका छन् ।