शिशुलाई सेप्टिक ट्यांकीमा फालेर हत्या गरेको अभियोगमा बुधबार १५ वर्षीया किशोरी पक्राउ परेकी छन् । दाङको राप्ती गाउँपालिका ३ मसुरियाकी १५ वर्षीया किशोरीले १६ दिनकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेर हत्या गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।
जेठ ९ गते अवैधरुपमा शिशुको जन्म भएपछि उनले १६ दिनसम्म दूध चुसाएर राखेकी थिइन् । दूध नआएर शिशु रुन थालेपछि उनले आवेशमा आएर सेफ्टी ट्यांकीमा फालेको बयान दिएको काफ्लेले बताए ।
शिशुको शव बुधबार बिहान घर पछाडि चर्पीको सेप्टिक
ट्यांकीमा फेला परेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।