मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काउलीमा खान नहुने विषादी भेटिएको छ
समाचार

काउलीमा खान नहुने विषादी भेटिएको छ

  • सिधा दृष्टी बुधबार, जेष्ठ २५, २०७९ | June 8, 2022

काठमाडौं, जेठ २५ । देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ ।

मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्ट गरेको हो ।

कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा ३९ केजी काउली नष्ट गरिएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिए ।

तरकारीको नमुना प्रयोगशालाबाट परीक्षण भएर आउँदासम्म विषादी भएको केही

परिणामको काउली बजारमा गएको हुनसक्ने श्रेष्ठले स्वीकार गरे । आजको गोरखापत्र मार्फत

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय