सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
समाचार

दार्चुलामा एक महिलाको हत्या

  • सिधा दृष्टी बुधबार, जेष्ठ २५, २०७९ | June 8, 2022

दार्चुला- दार्चुलामा एक महिलाको हत्या गरिएको छ। शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो।

घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। घटनाको कारण भने खुल्न नसकेको उनले बताए।

खडायतको शव गए राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिए। उनका श्रीमानको सात वर्ष अघि मृत्यु भइसकेको छ। खडायतका दुई छोरी र एक छोरा छन्।

घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले स्थानीय

वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ। शङ्कास्पद एक जना फरार रहेको बताइएको छ।

घटनाको अनुसन्धान गर्न डिएसपी विष्ट घटनास्थलमा गएका छन्। प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलमा गएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय