मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बन्चरेडाँडामा काठमाडौँको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरे
समाचार

बन्चरेडाँडामा काठमाडौँको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरे

  • सिधा दृष्टी बुधबार, जेष्ठ २५, २०७९ | June 8, 2022

काठमाडौँ – बन्चरेडाँडामा काठमाडौँको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए ।

स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए ।

गत १४ जेठदेखि काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका शहरबाट फोहोर उठाइएको छैन । सर्वसाधारणको

घरसँगै सार्वजनिक स्थलमा पनि फोहोर थुप्रिएकाले दुर्गन्ध बढ्नुका साथै महामारीको जोखिम पनि बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय