सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दाङमा एक महिलाले श्रीमानको हत्या गरेकी छन्
समाचार

दाङमा एक महिलाले श्रीमानको हत्या गरेकी छन्

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ २४, २०७९ | June 7, 2022

काठमाडौँ — दाङमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।

अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ ।

सोमबार उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान

दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय